TwitterFacebookGoogle+

भारतमा लोकसभा निर्वाचन घोषणा

  • Written by:

काठमाडौं
२६ फागुन / भारतमा सत्रौं लोकसभाको निर्वाचन घोषणा भएको छ। प्रमुख निर्वाचन आयुक्त सुनील अरोडाले आइतवार साँझ यसको घोषणा गरेका छन् ।

लोकसभाको चुनाव ७ चरणमा सम्पन्न गराइनेछ । पहिलो चरणको चुनाव ११ अप्रिल, दोस्रो चरणको १८ अप्रिल, तेस्रो चरणको २३ अप्रिल, चौथो चरणको २९ अप्रिल, पाँचौ चरणको ६ मे, छैटौं चरणको चुनाव १२ मे र सातौं चरणको चुनाव १९ मेमा हुनेछ। २३ मेदेखि मतगणना शुरु हुने आयुक्तले बताएका छन् ।

उम्मेदवारको पहिलो पहिलो चरणको नामांकन १८ मार्चमा हुनेछ भने अन्तिम नामांकन २५ मार्चमा हुनेछ । उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कडा कारबाही गरिने स्पष्ट पारेका छन् ।

आयोगले ९९.३६ प्रतिशत मतदातासँग फोटोसहितको मतदाता परिचयपत्र रहेको जनाएको छ। वर्तमान लोकसभाको कार्यकाल ३ जूनमा समाप्त हुँदै छ। लोकसभाका ५४३ सिटमा चुनाव हुनेछ। निर्वाचन आयोगले राति १० बजेदेखि बिहान ६ बजेसम्म लाउडस्पिकर प्रयोग गर्न नपाइने जनाएको छ ।

पहिलो चरणमा २० राज्यका ९१ सिटमा, दोस्रो चरणमा १३ राज्यका ९७ सिटमा, तेस्रो चरणमा १४ राज्यका ११५ सिटमा, चौथो चरणमा ९ राज्यका ७१ सिटमा, पाँचौं चरणमा ७ राज्यका ५१ सिटमा, छैटौं चरणमा ७ राज्यका ५९ सिटमा र सातौं चरणमा ८ राज्यका ५९ सिटमा चुनाव हुनेछ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com