TwitterFacebookGoogle+

सीमा विवादले बडकापथ योजनाको तटबन्ध प्रभावित

  • Written by:

ओमप्रकाश गुप्ता, भालुवाङ२६ फागुन/ सिमा विवादले प्रगन्ना, बडकापथ कुलो सिचाइ आयोजनाले सुरु गरेको तटबन्ध अघि बढ्न सकेको छैन ।

राप्ती गाउँपालिका वडा नम्बर ६ स्थित सगरापुर बगरापुर, क्षेत्रमा तटबन्ध अघि बढाइएको थियो । तटबन्धको रेखांकन र नदी क्षेत्रको सीमा विवादले ३ करोड ५० लाखको योजना प्रभावित भएको छ ।

राप्ती नदीको दुवै किनारमा पर्ने गाउँका नागरिकहरुका बीचमा सहमति नहुँदा तटबन्धको योजना अलपत्र परेको हो । गढवा गाउँपालिका वडा नम्बर २ महदेवा, घुस्रा गाउँका नागरिकले कित्तकाट जग्गाबाट नदी बग्न नदिने अडान राखेका छन् ।

यस्तै बगरापुर, सगापुरका जनताले सामुदायिक वन क्षेत्र नमासिने गरि तटबन्ध गर्न माग गरेका छन् । २०२७ सालको नापिको आधारमा नदीको क्षेत्र जम्मा १ सय ५५ मिटर मात्रै देखिएको छ । हाल राप्तीको बहाव क्षेत्र ७ सय ५० मिटर क्षेत्र कायम गर्नु पर्ने छ ।

स्थानीयहरुको बीचको विवादले आयोजना प्रभावित भएपछि नापी कार्यालयले स्थलगत परीक्षण पछि प्रति प्रतिवेदन बुझाएको छ ।

नदीको दुवै किनारबाट १ सय ५५ मिटरमा मध्यविन्दु राख्दा उत्तर तर्फ ३ सय १० मिटर र दक्षीण तर्फ ३ सय १० मिटर गरि नदीको क्षेत्र छुट्याएर बहाव कायम गर्न सुझाव दिएको छ । ठेक्का सम्झौता भएको १८ महिना बितिसकेको छ । तर, ६ सय मिटर मात्रै तटबन्ध भएको छ ।

१६ सय मिटर तटबन्ध गर्नुपर्ने हो । एक हजार मिटर तटबन्ध गर्न बाँकी छ । तटबन्धको रेखांकन विवादले योजना प्रभावित भएको प्रगन्ना बड्कापथ कुलो सिँचाइ आयोजना ईञ्जिनियर बिनोद पन्तले बताए ।

प्रगन्ना बड्कापथ कुलो सिँचाइ आयोजनाका प्रमुख कृष्णप्रसाद रिजालले तटबन्धको योजना रोकिँदा बृहत् तटबन्ध आयोजनामा असर परेको बताए ।

प्रदेशसभा सदस्य रेवतीरमण शर्माले तटबन्ध विषयमा देखिएको समस्या समाधान गर्न सबै गम्भीर हुनुपर्ने बताएका छन् ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com