अटोरिक्सा दुर्घटना हुँदा एकब्यक्ति गम्भीर घाईते

तुलसीपुर
२४ फागुन/ दाङको शान्तिनगरमा अटोरिक्सा दुर्घटना हुँदा एक ब्यक्ति घाईते भएका छन् ।
शान्तिनगर गाउँपालिका वडा नं. ४ शान्तिपुरमा शनिबार दिउसो तीनबजेतिर दुर्घटनाहुँदा अटोरिक्सा पल्टिका एक ब्यक्ति घाईते भएका हुन् ।
शान्तिनगर ३ भलानेटी निवासी १४ बर्षीय रमेश गुरुङ गम्भीर घाईते भएको प्रहरीले बताएको छ । रा १ ह २७९५ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा घाईते भएका गुरुङको राप्ती राप्ती प्रादेशीक अस्पतालमा उपचार पछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको प्रहरी चौकी चिराघाटका प्रमुख भरतनाथ योगीले जानकारी दिए ।
तिब्रगतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।