TwitterFacebookGoogle+

काठमाडौंबाट बर्दिया जाँदै गरेको बस धादिङमा दुर्घटना

  • Written by:

२९ पुस, धादिङ । काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् ।

अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ । गाडीमा ४१ जना सवार रहेका थिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भए पनि राजमार्ग अहिले पुनः सञ्चालन भएको छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com