TwitterFacebookGoogle+

सुर्खेतबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना, २२ जना घाइते

  • Written by:

नवलपरासी
२३ पुस / पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका ११ बाहुनेकुना सोमबार बिहान बस पल्टिदा २२ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रीत भई पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी जनाएको छ ।

घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । कालिकोट मानमा खर्चना गाउपालिका–२ बस्ने ५० वर्षीय धर्मबहादुर शाही गम्भीर घाइते हुनुभएको हो । अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ३४ जना यात्रु सवार रहेको बसमा १२ जना भने सकुशल रहेको प्रहरीले बताएको छ ।

अनियन्त्रित भएर दुर्घटना भएको बस सडकबाट करिब १०० फिट तल पल्टिएको छ ।

प्रहरीले वीरेन्द्रनगर सुर्खेतका बस चालक २१ वर्षीय हरिबहादुर सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com