TwitterFacebookGoogle+

कर्मचारी नहुँदा जाजरकोटका दुई पशुसेवा केन्द्र बन्द

  • Written by:

जाजरकोट,
१५-माघ / जाजरकोटका दुई दुर्गम स्थानमा रहेका पशुसेवा केन्द्रमा कर्मचारी नहुँदा समस्या भएको छ ।

जिल्लाको कोताङ र गर्खाकोट पशुसेवा केन्द्र कर्मचारीको अभावमा सेवा प्रवाह कार्य रोकिएको छ । गत साउनमा ती केन्द्रमा कार्यरत पशु स्वास्थ्य प्राविधिक सरुवा भएपछि अहिलेसम्म पद पूर्ति नहुँदा सेवा प्रवाहमा समस्या परेको पशु विकास अधिकृत कपिलप्रसाद उपाध्यायले बताउनुभयो ।

झन्डै सात महिनादेखि खाली भएका ती केन्द्रमा दैनिक किसान सेवा लिन आए पनि रित्तो हात फर्कने गरेको गर्खाकोटका रामबहादुर सिंहले बताउनुभयो ।

जिल्ला कार्यालयले कहिलेकाहीँ बाहिरको कर्मचारी पठाएर सेवा प्रवाह गर्ने गरेको छ । पशुचौपायालाई विभिन्न खालका रोग लागे पनि सेवा केन्द्रमा कर्मचारी नहुँदा यहाँका किसान मर्कामा परेका छन् । रासस

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com