TwitterFacebookGoogle+

दाङमा दिनदाहाडै लाखौंको गरगहना चोरी

  • Written by:

नारायण खड्का, तुलसीपुर
१३-माघ /  तुलसीपुर-६ गुम्राह चोकवाट लाखौंको गरगहना चोरी भएको छ । निशा दाहालले माघ १० गते आइतवार दिउँसो गुम्राहा चोक स्थित आफ्नो घरवाट झन्डै पाँच लाख बरावरको धनमाल चोरी भएको जानकारी दिइन ।

उनले सात तोला जति सुनको गरगहना र २५ हजार नगद चोरले १० गते आइतवार दिउँसो १२ वजेदेखि ४ बजेको बीचमा चोरी भएको बताइन । दाहालका अनुसार २ थान सिक्रि तीन तोला,नेक्सलेस सेट १ थान अढाई तोलाको, बेरुवा औंठी १ थान १ तोलाको चोरी भएको बताइन ।

दाहालका अनुसार थप तीन वटा औंठी मध्य एउटा औंठी ८ आनाको,१२ आनाको अर्काै औंठी र सुनको छापे औंठी समेत चोरी भएको फोन मार्फत जानकारी दिइन । दाहालका अनुसार उनको वसपार्कमा मोटर पार्टस् छ । उनी त्यँही गएको मौका छोपी उक्त धनमाल चोरी भएको थियो ।

दाहालले आफना दुई वटा छोराहरु पनि उक्त समयमा पढन विद्यालय गएका थिए । दाहालले परिवारका सदस्यले मात्रै थाहाँ पाउने गरी सँधै चाँवी राख्ने ठाउँ पत्ता लगाएर उक्त चोरले आफू बस्दै आएको चार तल्ला माथिको कोठावाट उक्त परिमानमा नगद र गरगहना चोरी गरेको दाबी गरिन ।

आफनो घरमा भएको चोरीको रिपोर्ट आफूले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा दिइसकेको दाहालले बताइन ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com