TwitterFacebookGoogle+

चालू आर्थिक बर्षको ६ महिनाको अवधिमा आर्थिक गतिविधि ठप्प

  • Written by:

मूल्यबृद्धि र कालाबजारी बढ्यो, मूल्यबृद्धि ११. ६ प्रतिशत पुग्यो

नेपालगञ्ज,
११-माघ /  चालू आर्थिक बर्षको ६ महिनाको अवधिमा यस क्षेत्रमा आर्थिक गातिविधि ठप्प जस्तै भएको छ ।

आर्थिक बर्ष शुरु भएसंगै तराई मधेशमा उठेको आन्दोलन, बन्द, हड्ताल र संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका कारण मुलुकको अन्य क्षेत्रमा जस्तै पश्चिम क्षेत्रमा पनि अर्थतन्त्र जर्जर भएको नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक भीष्मप्रसाद उप्रेतिले बताउनुभयो ।

लगानीमैत्री वातावरण नहुँदा लगानी ठप्पप्रायः भई आर्थिक गतिविधि पनि ठप्प जस्तै भएको उप्रेतिको भनाई छ । ‘बैंकहरुमा सर्वसाधारण, उद्यमी, विकास निर्माणका कामका लागि ठेकेदारबाट पैसाको डिमाण्ड हुन्थ्यो, पैसा बाहिर जान्थ्यो, अहिले त्यो अवस्था छैन ।’ उहाँले भन्नुभयो ।

यो अवधिमा कालोबजारी र अनियन्त्रित मूल्यबृद्धि बढेको उहाँले बताउनुभयो । उहाँले मूल्यबृद्धि ११.६ प्रतिशत पुगेको जानकारी दिनुभयो । गैरकानुनी काम र कारोबार बढेकाले भारतीय रुपैयाँको कारोबार पनि बढेको भन्दै उहाँले पछिल्लो समय नियन्त्रित हिसावले भारु वितरण गरिरहेको बताउनुभयो ।

‘व्यापार, बैंकिङ क्षेत्र, विकास निर्माण यो अवधिमा नराम्ररी प्रभावित भएको छ,’ उहाँले भन्नुभयो । अहिलेसम्मको अवधिलाई हेर्दा बार्षिक आर्थिक बृद्धिदर पनि ऋणात्मक हुने अनुमान गरिएको उप्रेतिले बताउनुभयो ।

अहिले विद्यमान असहज परिस्थितिलाई राजनीतिक ढंगबाट यथाशिघ्र सम्बोधन गर्दै लगानीमैत्री वातावरण नबने अवस्था झनै भयाबह हुने उहाँको भनाई छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com