यी हुन् बाँके दुर्घटनाका घाइतेहरु ( अपडेट)

बाँके
१९ जेठ/ पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको गाडी दुर्घटना हुँदा घाईते भएका सबैजनाको परिचय खुलेको छ ।
मृतक भने गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारी बाहेक अन्य १२ जनाको को सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी गएराति करिब १२ बजेतिर सडकमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । भने २२ जना घाईते भएका थिए । घाईतेहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।
यी हुन्, घाइतेहरु
दाङ
घोराही– ४ धर्ना निवासी ४५ बर्षीय मेगराज केसी
तुलसीपुर–२ खैरीपुर निबासी ३९ बर्षीय विष्णु गिरी
तुलसीपुयर, २ खैरीपुर निवासी २३ बर्षीय रुपलाल केसी
राजपुर गाउँपालिका–६ निबासी २० बर्षीय दिपेश चौधरी,
राजपुर गाउँपालिका–२ निबासी २१ बर्षीय जीवन घर्ती
गढवा गाउँपालिका–६ मानपुर निबासी २० बर्षीय भरत थापा
रोल्पा
त्रिवेणी गाउँपालिका–७ तिला निबासी १७ बर्षीय सुनिल परियार
त्रिवेनी ७ निवासी २० बर्षीय वीरेन्द्र परियार
त्रिवेनी ७ का १८ बर्षीय पुरण पुन
कुरेली निबासी ५२ बर्षीय नरबहादुर विक,
सल्यान
शारदा नगरपालिका–६ कजेरी निबासी २६ बर्षीया टीका चलाउने
कुपिन्डे गाउँपालिका– ६ निबासी २० बर्षीय मिनराज विक,
सिद्धकुमाख गाउँपालिका–५ निबासी ४० बर्षका तेजबहादुर बुढाथोकी
छापडाँडा निबासी १८ बर्षीय घनबहादुर बोहरा,
सिद्धकुमाख–४ चाँदे निबासी २८ बर्षीय लोकेश घर्ती
सिद्धकुमाख – ४ चाँदेका २६ बर्षका शिव भण्डारी
सिद्धकुमाख – ४ चाँदेका १८ बर्षीय देवेन्द्र खड्का
सिद्धकुमाख ४ चाँदेका १७ बर्षीय ज्ञानबहादुुर बोहोरा
सिद्धकुमाख – ४ का २६ बर्षीय निमबहादुर वली
कुपेन्डे गाउँपालिका–६ निबासी ५२ बर्षीय दिपबहादुर बुढा
४० बर्षीय दिलबहादुर विक