TwitterFacebookGoogle+

साझा सवाल – नेपालमा जलविद्युत् उत्पादन

  • video
  • Written by:

एक हजार मेगावाट विद्युत उत्पादन गर्न नसकेर अहिले वर्षा याममा पनि नेपालमा दैनिक सात घण्टा लोडसेडिङ खेपिरहनुपरेको छ । नेपालमा जलविद्युतको प्रचुर सम्भावना छ भन्दै विद्युत उत्पादनका लागि स्वदेशी मात्र नभई विदेशी लगानीकर्ताहरुले पनि चासो देखाउने गरेका छन् । नेपालमा पर्याप्त विजुली उत्पादन गरेर विक्रि गर्ने र धनी बन्ने सपना पनि जनताहरुलाई देखाइएको छ । कहिले पुरा हुन्छ त विजुली बेचेर धनी बन्ने नेपालीहरुको सपना? विद्युत उत्पादनका क्रममा आयोजना निर्माण स्थलका स्थानीय बासिन्दाहरुले के लाभ पाउँछन् त? जलविद्युतको प्रचुर सम्भावना रहेको मानिने लमजुङ जिल्लाको सदरमुकाम बेशीशहरमा रेकर्ड गरिएको यो साझा सवालको बहसमा भिडियो सम्पर्कमार्फत ऊर्जामन्त्री राधाकुमारी ज्ञवाली तथा प्रत्यक्ष रुपमा पूर्व जलस्रोत सचिव शीतलबाबु रेग्मी र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाका अध्यक्ष खड्गबहादुर विष्ट हुनुहुन्छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com