रोकिएन टिपर आतंक : दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

काठमाडौं,
१३ पुस / काठमाडौँको बालाजु नजिक वाइपास रोडमा शुक्रबार बिहान भएको दुर्घटनामा ठेलागाडामा चिया बेच्दै आएका एकजनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन् ।
काठमाडौँको बालाजु चोकमा आज विहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मुड्खु भज्याङबाट माटो बोकेर एयरपोर्टतर्फ आउदै गरेको ना७ख ७००५ नम्बरको टिपरको ठक्करवाट बालाजुचोकमा ठेलागाडामा चिया बेच्दै आएकी धादिङ धुनिबेशीका ५८ वर्षीय दलवहादुर विशंखेको मृत्यु भएको हो।
टिपरको ठक्करवाट घाइते विशंखेको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्करवाट घाइते उनकी श्रीमति ५७ बर्षिया सान्नानी विशंखे र नुवाकोटका प्रज्ञारत्न लामाको शिक्षण अस्पतालमा उपचार भैरहेको छ।
विहान साढे पाँच बजेतिर अनियन्त्रित रुपमा आएको टिपरले बा२ज ४३५ र बा२ज १५५१ नम्बरको ट्याक्सीलाई ठक्कर दिएपछि बिशंखेले चिया बेच्दै आएको ठेलागाडामा ठक्कर दिएर पल्टिएको थियो। सो क्रममा ठेलागाडा सहित अन्य दुई ट्याक्सीमा समेत क्षति पुगेको छ।
दुर्घटनाको समयमा चिया खान ठेला नजिकै रोकिएका ट्याक्सी चालकले भागेर ज्यान जोगाएका थिए। प्रहरीले सल्यानका टिपर चालक अमरसिंह विष्टलाई नियन्त्रणका लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।
बिहान पाँचबजे भएको दुर्घटनामा ठेलागाडामा चिया बेच्ने धादिङको धुनिलेखी नगरपालिकाका ५८ वर्षीय दलबहादुर बिसुंखेको मृत्यु भएको हो भने उनकी श्रीमती ५७ वर्षीया सानोनानी बिसुंखे गम्भीर घाइते भएकी छन् । उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।