TwitterFacebookGoogle+

Category Archives: News

The Latest

कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार नाघ्यो

  • Written by:

काठमाण्डौ २० साउन/ नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ । गएको २४ घण्टामा दुई सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २१ हजार नौ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भएर ६५ जना घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५…

Read more

प्रदेश नं. ५ को बजेट खर्च सन्तोषजनक

  • Written by:

बुटवल २० साउन/ कोभिड—१९ ले सिर्जना गरेको असहज अवस्थाका बाबजुद प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७६÷७७ मा ७० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा तीन दिनसम्म चलेको वार्षिक प्रगति समीक्षाबारे जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.ईश्वर गौतमले सरकारले पूँजीगत तर्फ ७९ दशमलव…

Read more

विस्फोट गराउने दोषि ९ वर्षपछि पक्राउ

  • Written by:

बाँके, २० साउन/ सरकारी कार्यालयमा बम विस्फोट गराएर फरार दोषिलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ९ वर्षपछि पक्राउ गरेको छ । मालपोत, भूमि सुधारलगायत कार्यालयमा बम विस्फोट गराएको अभियोगमा अदालतले जरिवाना र कैद सुनाएका डुडुवाका केशव राढलाई आज पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनका अनुसार २०६८ मङ्सिर १४ गते भूमिसुधार…

Read more

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • Written by:

बाँके १८ साउन/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आईतबार देखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य…

Read more

बाँकेमाआज देखि तीन दिने निषेधाज्ञा जारी

  • Written by:

बाँके १८ साउन/ समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि बाँकेमा आज (आइतबार) देखि लागू हुने गरी ३ दिने निषेधाज्ञा जारी गरिएको छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिएका छन । बाँकेमा बिहीबार आन्तरिक राजश्व कार्यालयमा कार्यरत ११ जना कर्मचारीसहित २७ जनामा कोरोना…

Read more

गुल्मीमा पहिरो: एकै परिवारका चार जनाको मृत्यु

  • Written by:

गुल्मी १७ साउन/ रूरूक्षेत्र गाउँपालिका ५ बम्घा आटीपाटा (उल्लीखोला)मा घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोमा परेर बिना माझी, उनका दुई छोरा र एक छोरीको ज्यान गएको वडाध्यक्ष हरि ज्ञवालीले जानकारी दिए। बिनाका​ श्रीमान राजु बोटे (माझी) भने रोजगारीको सिलसिलामा भारतमा छन । प्रहरी टोली घटनास्थल जाँदै गरेको इलाका प्रहरी कार्यालय…

Read more

आज ‘बकर इद’

  • Written by:

नेपालगञ्ज १७ साउन/ इस्लाम धर्मावलम्बीले बकरिद (इदु उल अजहा) शनिबार मनाउने भएका छन् । बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई…

Read more

तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

  • Written by:

तुलसीपुर, १७ -साउन / दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार उनलाई पक्राउ गरेको हो । उनीसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियार स्रोतले जनाएको छ । उनी काठमाडौं जाँदै गर्दा साँझ नागढुंगामा पक्राउ…

Read more

कोदालो प्रहार गरेर ५ जनाको हत्या

  • Written by:

बुटवल २७ जेठ/  रुपन्देहीको तिलोत्तमा १० मैनहियामा एक व्यक्तिले कोदालो प्रहार गरेर ५ जनाको हत्या गरेका छन् । गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गएराति प्रहार गरेका हुन् । मृत्यु हुनेमा ४ पुरुष र एक महिला छन् ।मृत्यु हुने २ जना श्रीमान्श्री-मती हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाका अनुसार मृतकको…

Read more

यी हुन् बाँके दुर्घटनाका घाइतेहरु ( अपडेट)

  • Written by:

बाँके १९ जेठ/ पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको गाडी दुर्घटना हुँदा घाईते भएका सबैजनाको परिचय खुलेको छ । मृतक भने गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारी बाहेक अन्य १२ जनाको को सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट…

Read more

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com