बाँके
५ असोज / नेपालमा थप १ हजार ३ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।
यस्तै, पछिल्लो २४ घण्टामा १८३० जना कोरोना संक्रमणमुक्त भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।