काठमाण्डौ
३० बैशाख/ नेपाली कांग्रेसले नयाँ सरकारमा दाबी नगर्ने भएको छ । बिहीवार पार्टीका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफ्नो पक्षमा बहुमत नजुट्ने भएपछि बहुमतको सरकारमा दाबी नगर्ने निर्णय गरेको नेता प्रकाशशरण महतले उज्यालोलाई जानकारी दिएका छन ।

जनता समाजवादी पार्टी (जसपा) ले साथ नदिएको र एमालेको माधव–नेपाल पक्षले राजीनामा नदिएका कारण बहुमत नपुग्ने अवस्था देखिएकाले दाबी नगर्ने निर्णय भएको उनले बताएका छन । अब एक महिनाका लागि ओली नै प्रधानमन्त्री रहिरहने र त्यसपछि के गर्ने भन्ने कुरा पछि निर्णय हुने महतको भनाइ छ ।

प्रतिकृया

Comments