काठमाण्डौ
२० बैशाख / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूले बहुमतकै आधारमा मुख्यमन्त्री बनेको जिकिर गरेका छन ।अल्पमतमा पर्दापर्दै पनि मुख्यमन्त्री बनेको भनेर चौतर्फी आलोचना भएपछि पोखरेलले फेसबुकमा स्टाटस लेख्दै आफ्नो दल नेकपा एमाले प्रदेशसभामा बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दाबी गरिएको र नियुक्ति पनि त्यसै आधारमा भएको बताएका छन ।

 

उनले आफूलाई संसदीय दलको बैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको बताउँदै नियुक्तिपछिको विवादको निरुपण प्रक्रिया अनुरुप नै हुने बताएका छन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूले बहुमतकै आधारमा मुख्यमन्त्री बनेको जिकिर गरेका छन ।

सूर्य चिह्नबाट चुनाव लडेका उहाँहरुको समर्थन कानुनी रुपमा समेत अन्य दललाई हुन नसक्ने पोखरेलको दाबी छ । यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादव जानकारी नहुनु आश्चर्यको भएको उनको भनाइ छ ।
साभार:उज्यालोअन्लाईन

 

प्रतिकृया

Comments