बाँके
१८ बैशाख/  दाङका दुई कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

यही वैशाख १६ गते भर्ना गरिएका उनको १७ गते साँझ ७:00 बजे पीसीआर गरिएको थियो । उनको रिपोर्ट नआउँदै मृत्यु भइसकेको थियो। त्यस्तै दाङ दगीशरण गाँउपालिका वडा नं १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

यही वैशाख ८ गते भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो । उनको आज बिहान ४:00 बजे मृत्यु भएको छ ।

प्रतिकृया

Comments