काठमाडौं,
६ कात्तिक/ नेपालमा कोरोनाभाइरसका तीन हजार ६३७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ६३७ जनामा संक्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ४८ हजार ५०९ पुगेको छ । हाल ४४ ह्जार ८७७ जनामा भाइरसको संक्रमण सक्रिय रहेको छ ।