बुटवल
१९-असोज / नेपाली कांग्रेसका ८ केन्द्रीय सदस्यसहित १० नेताले प्रदेश ५ को राजधानी दाङको भालुवाङमै उपयुक्त हुने भन्दै प्रदेश ५ को प्रदेशसभामा पेश भएको प्रस्तावलाई समर्थन गरेका छन् ।
केन्द्रीय सदस्यहरु दीपक गिरी, किशोरसिंह राठौर, पार्वता डीसी चौधरी, शिला खड्का, गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, कृष्ण किशोर घिमिरे, बर्दिया जिल्ला सभापति सञ्जय गौतम र रोल्पा जिल्ला सभापति अमर सिंह पुनले विज्ञप्ति जारी गर्दै प्रदेश ५ को राजधानी दाङमै उपयुक्त रहेको दावी गरेका छन् ।
सरकारी विज्ञ टोलीको सिफारिस, समन्यायिक विकास, प्राकृतिक स्रोतको न्यायिक वितरण, जनमतको कदर र संघीयताको मर्म र भावना अनुसार प्रदेश ५ का सबै नागरिकलाई पायक पर्ने र सामरिक दृष्टिले पनि उपयुक्त भएकाले भालुवाङ राजधानी बनाउन आफूहरुको समर्थन रहेको उनीहरुले बताएका छन् ।
‘यस विषयलाई कुनै पनि राजनीतिक दल तथा नेताहरुले व्यक्तिगत प्रतिष्ठानको विषय नबनाई जनतालाई उत्तेजित बनाउने कार्य कहिँ कतैबाट गर्न गराउन नहुने राष्ट्रिय परिस्थिति रहेको छ’ सोमबार जारी विज्ञप्तिमा भनिएको छ । साभार अनलाइनखबर