मकवानपुर
३ असोज/ मकवानपुरमा कोरोना सङ्क्रमण भएपछि होम आइसोलेशनमा बस्न जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएर एक जनाको मृत्यु भएको छ ।
बकैया गाउँपालिकामा सब–इन्जिनियरको रुपमा कार्यरत कर्मचारी कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा बस्न मोटरसाइकल चढेर जाँदै गर्दा बसको ठक्करबाट मृत्यु भएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले जानकारी दिएका छन ।