बाँके,
बाँकेमा शनिवार थप ५५ जना संक्रमित भएका छन् । जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, साँझ सम्मको स्याम्पल परिक्षणको नतिजामा ५५ जना (हेर्नुस् सूची) मा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये मालपोत कार्यालयका ८ जना कर्मचारी छन् ।
मुलुकभर भने, पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा ४१६ महिला र ७८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ८५२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका ४३१ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जना छन् । मकवानपुरका १०७ जना, चितवनका ९२, सर्लाहीका ८३, रुपन्देहीका ८१, मोरङका ५८ लगायत छन् ।