एजेन्सी,
स्पेनिस ला लिगा फुटबल खेल आजबाट शुरु हुँदैछ । सिजनको पहिलो दिन शनिवार तीन खेल हुनेछन् ।

आज हुने पहिलो खेलमा इबर र सेल्टा भिगोबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार पहिलो खेल साँझ ७:४५ मा हुनेछ ।

आज नै हुने दोस्रो खेलमा ग्रानाडाले एथ्लेटिक क्लबसँग नेपाली समयअनुसार १०:४५ मा खेल्नेछ । यस्तै पहिलो दिनको अन्तिम खेल नेपाली समयअनुसार काडिजले ओसासुनासँग खेल्नेछ । खेल राति १२:४५ सुरु हुनेछ ।

प्रतिकृया

Comments