काठमाडौं,
नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक सहित विभिन्न पदका लागि आवेदन खुलेको करिव दुई साताको समय भएको छ । यो विचमा विभिन्न क्रिकेट निकट ब्यक्तिहरुले आवेदनका लागि इच्छा देखाएका छन । क्यानले महाप्रवन्धक, नेपाली टिमका मुख्य प्रशिक्षक, लेखाअधिकृत, क्रिकेट म्यानेजर र प्रदेशस्तरका प्रशिक्षकहरुका लागि दरखास्त आह्वान गरेको हो । यस्तैमा एक ब्यक्ति धिरेन्द्र पन्त पनि रहेका छन ।

५५ वर्ष उमेरभित्रका योग्यता पुगेका नेपालीहरुले दरखास्त आह्वान गर्न भनिएको छ । यो पदमा धेरैले आंकक्षा देखाएका भए पनि धिरेन्द्र पन्त सर्वाधिक बलियो प्रतिस्पर्धीको रुपमा देखिएका छन् । ११ वर्षको उमेरमै क्रिकेट कमेन्टेटरको भूमिका निर्वाह गरेका पन्तले अहिलेसम्म नेपाली क्रिकेटमा ३५ वर्ष विताइसकेका छन् ।

नेपालको विकास क्षेत्रस्तरमा क्रिकेटको संरचना हुँदा भैरहवाबाट उनी नेपाली क्रिकेटमा सक्रिए रहेका थिए । सन् २००३ मा टियू क्रिकेट मैदानमा भएको इमर्जिङ नेसन्स कपमा पनि कमेन्ट्री गरेका थिए । उनी नेपालको पहिलो अन्तर्राष्ट्रिय कमेन्टेटर पनि हुन् । बैंकिङ क्षेत्रमा पनि लामो समय अनुभव संम्हालेका पन्त अहिले बुम रेमिटमा कार्यरत रहेका छन् ।

नेप्लेजसँगको कुराकानीमा लामोसमय क्रिकेटमा सक्रिय भएकाले अहिले क्यानले खुला गरेको महाप्रबन्धक पदमा दरखास्त दिन लागेको प्रष्ट पारे । उनले भने ‘कर्पोरेट लगाएतका क्षेत्रमा राम्रो अनुभव संम्हालेको र क्रिकेटसँग पुरानै नाता भएकाले मैले महाप्रवन्धक पदमा दरखास्त आह्वान गर्दैछु ।’

अहिलेको अवस्थामा क्यानले भर्खरै व्यवसायिकता ग्रहण गर्न लागेको र आफूले विगतमा गरेको कामहरुका आधारमा अझैं माथि उठाउन सक्नेमा विश्वस्त रहेको पनि बताए ।

कुनै पनि संस्था संचालनका लागि सामूहिक इफोर्ट आवश्यक भएकाले त्यसै अनुसार आफू नेतृत्व गर्नका लागि तयार रहेको पनि बताए ।

नेपालको क्षेत्रीय स्तरका खेलाडी समेत रहेका पन्त फुटबलका पनि राम्रो कमेन्टेटर हुन् । उनी २०६० सालमा बैंकको कामका लागि कतार गएर बसेका थिए । त्यसपछि उनी केहि बर्ष यूएईमा पनि बसेका थिए । यूएईसँगको एकदिवसिय र टी २० सिरीज हुँदा उनी मैदानमा पुगेर खेलाडीसँगपनि मिलेका थिए ।

व्यवस्थापन विषयमा दोहोरो स्नातकोत्तर गरेका पन्तले बैंकिङ तथा विप्रेषणका क्षेत्रमा राम्रो अनुभव संगालेको र क्यानलाई आफूले राम्रोसँग चलायमान बनाउने उद्देश्यले लिएकाले दरखास्त हाल्न लागेको बताए ।

यस्तै नेपाल क्रिकेट संघ निलम्बनमा हुँदा आइसीसीको प्रतिनिधीका रुपमा काम गरेका रौनक मल्लले पनि जीएममा आवेदनका लागि इच्छा देखाएका छन । उनले करिव तीन बर्ष नेपाली क्रिकेट र आइसीसीसँगको ब्रिजका रुपमा काम गरेका थिए । यस्तै उनले नेपालमा भएको त्रिकोणात्मक सिरीजमा पनि क्यानलाई राम्रो सहयोग गरेका थिए ।

क्यानको नेतृत्वकर्ताले भने आउने जीएम आफुले भनेको भन्ने र कुरा सुन्ने ब्यक्ति हुनुपर्ने भन्ने भनाई राखेको बुझिएको छ ।
यस्तै जीएम र क्रिकेट ब्यवस्थापकमा पूर्व कप्तान तथा प्रशिक्षक विनोद दासको पनि इच्छा रहेको छ ।

तर क्यानका एक पदाधिकारीका अनुसार दासलाई क्यानको जीएम वा क्रिकेट म्यानेजर भन्दापनि यू १९ र महिला टिमको जिम्मा दिएर क्रिकेटमा ब्यस्त बनाउने की भन्ने योजना भइरहेको बताए । दासले १७ बर्षे करियरपछि प्रशिक्षकको भूमीकामा रहदै आएका छन । अब उनको चाहना कुनै ठुलो जिम्मा पाएर त्यसलाई निभाउने भन्ने रहेको छ ।

क्यानले सेप्टेम्बर ३० ताखिरसम्म आवेदनको मिती राखेको छ । त्यो सकिएपछि क्यानले एउटा समिती बनाएर आवेदन आएकाहरुको सर्टलिष्ट बनाएर अन्तरवार्ताका लागि सूची बनाउनेछ ।

प्रतिकृया

Comments