तुलसीपुर,
२७-भदौ / दाङको तुलसीपुरमा शनिबार मात्रै २२ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड-१९ फोकल पर्सन कमल चन्दका अनुसार तुलसीपुरमा मात्रै २२ जना कोरोना संक्रमित थपिएका हुन् ।
चन्दका अनुसार केही स्वास्थ्यकर्मीमा संक्रमित छन् । यस विषयमा थप विवरण आउन बाँकी छ । जिल्लामा यो संगै संक्रमितको संख्या ८ सय ७३ पुगेको छ ।