तुलसीपुर,
२६-भदौ / कोरोनाले गर्दा दाङमा सञ्चालित बर्थिङ सेन्टर बन्द भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रसूति सेवा लिने बढेका छन् ।

अस्पतालका प्रसूति शाखा प्रमुख डा किरण पोखरेलका अनुसार अस्पतालमा गत वर्ष दैनिक १७ जनाले सेवा लिने गरेकोमा अहिले ८० जनाले सामान्य प्रकारको प्रसूति सेवा लिने गरेका छन् । अस्पतालमा यस बर्ष सल्यक्रिया गराएर बच्चा जन्माउने धेरै रहेका छन् ।

अस्पतालमा दाङसहित रूकुम, रोल्पा, सल्यान, प्यूठान लगायतका जिल्लाबाट सेवा लिन आउँछन् । प्रसूति सेवा लिने बढ्दै गएपछि जनशक्तिको अभाव हुन थालेको प्रमुख पोखरेलले जानकारी दिए ।उनका अनुसार अस्पतालमा ३७ नर्सिङ कर्मचारी छन् ।

प्रतिकृया

Comments