काठमाडौं,
आज देशभर हालसम्मकै धेरै १,४५४  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

हालसम्म संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको पनि गौतमले बताए ।

उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ। यस्तै बितेको २४ घण्टामा ९७२ जना निको भएका छन् भने योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ ।

यस्तै हालसम्म मृत्यु हुनेको संख्या ३२२ पुगेको छ।  बितेको २४ घण्टामा थप ५ को मृत्यु भएको छ ।

प्रतिकृया

Comments