घोराही,
२६-भदौ / दाङ जिल्ला उद्योग बाणिज्य संघ सहित विभिन्न बस्तुगत समितिहरुले आगामी २८ गते पछि निषेधाज्ञा नहटाए आफुहरुले व्यापार व्यबसाय सञ्चालन गर्ने निर्णय गरेका छन् । कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञालाई अब थेग्न नसक्ने भन्दै व्यवसायीहरुले २९ गते देखी व्यवसाय सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा बसेको बैठकले आबस्यक स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि पूर्णरुपमा व्यवसायहरु सञ्चालन गर्ने अबस्थामा आफुहरु पुगेको र सोही बिषयमा जिल्ला प्रशासनलाई जानकारी गराउने निर्णय गरेको छ । साथै संघले व्यवसायीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरे नगरेको बारेमा अनुगमन गर्न संघका वाणिज्य उपाध्यक्ष टंकसिंह वुढाथोकीको संयोजकत्वमा स्वास्थ्य सुरक्षा अनुगमन समिति गठन गरेको छ ।
समितिमा संघका सदस्यहरु रामप्रसाद पोख्रेल, मिनराज भाट, टंकप्रसाद पोख्रेल, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका प्रतिनिधि, होटल व्यवसायि समितिका प्रतिनिधि र सबै बस्तुगत समितिका संयोजकहरु सदस्य रहेका छन् । व्यवसायीहरुले लामो समयको बन्द अब थेग्न नसक्ने र कोरोनाको संक्रमण कहिले सम्म रहने भन्ने समेत निश्चित नभएकाले जोगिदै पसल व्यवसाय सञ्चालन गर्ने निर्णयमा पुगेको बताएका छन् ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुवराज श्रेष्ठ (भारी), नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का उपाध्यक्ष हेमराज वञ्जाडे, संघका पदाधिकारीहरु र अन्य विभिन्न बस्तुगत समितिका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।