बुटवल,
बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलायसिस गराइरहेका बिरामीको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामी सङ्क्रमणको उच्च जोखिममा रहेकाले निःशुल्क बीमा गरिदिने निर्णय गरिएको हो ।
अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसँग सम्झौता गरी निःशुल्क रुपमा रु एक लाखको कोभिड–१९ बीमा गर्ने निर्णय गरिएको बताउनुभयो । सरकारले मिर्गौलाका बिरामीको डायलायसिस निःशुल्क गरे पनि अन्य औषधि तथा बेलाबेलामा गर्नुपर्ने प्रयोगशाला परीक्षणलाई निःशुल्क गरेको छैन । अस्पतालले भने डायलायसिसबाहेक बेलाबेलामा गर्नुपर्ने रुटिन र भाइरल टेष्टसमेत सबै बिरामीको निःशुल्क गर्दै आएको छ ।
त्यस्तै अतिविपन्न, परिवारबाट अपहेलित तथा परिवारमा रेखदेख गर्ने कोही नभएका मिर्गौलाका बिरामीको औषधि वितरण तथा अन्य उपचार पनि अस्पतालले निःशुल्क गर्दै आएको छ । त्यस्तै कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण सार्वजनिक सवारी साधन चल्न नसक्दा डायलायसिसका लागि अस्पताल आउने बिरामीलाई नियमित अस्पताल ल्याउने र छाड्ने व्यवस्थासमेत गर्दै आएको छ ।
अस्पतालले डायलायसिसका बिरामीलाई लैजान र छाड्नका लागि कपिलवस्तुको वाणगंंगा नगरपालिकाको बनगाई र नवलपरासीको बर्दघाटसम्म नियमित रुपमा बस पठाउने गरेको छ । अस्पतालमा हाल ४२६ जनाले मिर्गौलाको नियमित डायलायसिस गराउँदै आएका छन् । साढे ६ महिनापछि आफन्तलाई शव घोराही– दाङको घोराही उपमहानगरपालिका –१८ निवासी गणेश तामाङको शव साढे ६ महिनापछि आज परिवारले बुझेका छन् । गत वर्ष मङ्सिर १० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हँुदै कामदारका रुपमा साउदी अरब पुग्नुभएका तामाङको तीन महिनापछि मृत्यु भएको खबर आएको थियो ।
तामाङ विसं २०७६ फागुन पहिलो साता आफ्नै कोठामा मृत फेला परेको जनाइएको छ । मृत्यु भएलगत्तै शव घर ल्याउन पहल गरिए पनि नसकिएको मृतक तामाङकी पत्नी जानकारी घर्तीले बताउनुभयो । कोरोना जोखिमका कारण पटकपटक शव नेपाल ल्याउन आफूहरु वैदेशिक रोजगार विभाग र साउदीस्थित नेपाली दूतावास धाए पनि सुनुवाइ नभएकाले ढिलाइ भएको उहाँको भनाइ छ । तामाङको शव आइपुगेपछि धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरिएको छ । कोरोेना सङ्क्रमणबाट मृत्यु कपिलवस्तु– कोरोना सङ्क्रमणबाट यहाँ थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका –६ का २९ वर्षीय पुरुष हुन् । मिर्गाैला र उच्च रक्तचापबाट बिरामी परेपछि उपचारका लागि काठमाडौँ शिक्षण अस्पताल लगिएकामा यही भदौ २२ गते उनमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेकोे सङ्ख्या ६ पुगेको छ । जिल्लामा आज थप ४६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २२४ पुगेको छ ।