भुरिगाउँ,(बर्दिया)
ठाकुरबाबा नगरपालिका कृषि विकास उपशाखाले स्थानिय किसानहरुलाई ३५ प्रतिशत अनुदानमा कृषि औजारहरु वितरण गरेको छ। एक कार्यक्रममा नगरप्रमुख घन नारायण श्रेष्ठले १८ थान पावर टिलर, १० थान रिपर लगायतका कृषि औजार कृषकहरुलाई वितरण गरेका हुन ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले व्यवसायिक खेति प्रणालीको विकासका लागि ठाकुरबाबा नगरपालिका निरन्तर लागि परेको बताउदै कोरोनाको महामारीका बिचमा पनि नगरपालिकाले निरन्तर नागरिकको आर्थिक सामाजिक हितलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । नगरपालिकाको हरेक कदममा साथ दिने नगरबासी नागरिकको प्रशंसा गरे । कृषि औजार तथा सामाग्री पाएपछी किसानहरुले खुशी व्यक्त गरे ।