घोराही,
२५-भदौ / आज दाङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीको राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परिक्षणमा घोराहीका ३ जनामा संक्रमण देखिएको छ ।

प्रतिष्ठानकै फिवर क्लिनिकबाट स्वाव संकलन गरि पिसिआर परिक्षण गर्दा ३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । आज संक्रमित हुनेहरुमा घोराही १३ का एक पुरुष र १५ का २ महिला रहेका छन् ।

आज संक्रमित हुनेमा घोराही १३ का ३७ वर्षिय एक पुरुष र वडा नम्वर १५ का २६ र ५८ वर्षिय दुई महिला रहेको स्वास्थ्य कार्याल दाङले जनाएको छ । योसँगै दाङमा संक्रमितको कुल संख्या ८ सय ४७ पुगेको छ ।

प्रतिकृया

Comments