बाँके,
२५-भाद्र / बाँकेमा आज विहीवार१२ जनामा कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालले सार्वजनिक गरेको १४ जनाको सूची (हेर्नुस्) मा १२ जना बाँकेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दसहित नेपालगन्जका १०, कोहलपुर र जानकीका १र१ जनामा संक्रमण देखिएको हो । यसैबीच, बाँकेमा जोखिम बढिनै रहेको भन्दै शुक्रवारदेखि शनिवार मध्यरात सम्मको निषेधाज्ञा कायमै राखिएको बाँके प्रशासनले जनाएको छ ।
मुलुकभर भने पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ११ हजार १४४ नमुना परीक्षण गर्दा ४०२ महिला र ८४४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।